सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता, भेटमा भयो यस्तो छलफल

काठमाडौं, असोज ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूर्त याण्डी बेरीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान दुबैबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल–अमेरिकाबीचको सम्बन्धलाई थप बलियो बनाउने, दुबै देशबीचको विकास साझेदारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राजदूत बेरीसँगको भेटको तस्वीर राख्दै, “अमेरिकी राजदूतसँग आज बिहान मेरो निवासमा भेट भयो । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो” लेखेका छन् ।

बेरी राजदूत भएर नेपाल आएयता द्विपक्षीय भेटवार्तामा तदारुकता देखाइरहेका छन् । यसक्रममा कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।

राजदूत बेरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधाराको प्रचारप्रसार गर्न सहमति भएलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्