दुई लाख आप्रवासीलाई स्वदेश फर्कन ट्रम्प प्रशासनको आदेश

काठमाडौं । अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ ।

अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् ।
अमेरिकामा एल साल्भाडोरका आप्रवासी दुई लाखको हाराहारीमा छन् ।

उनीहरुलाई अमेरिकामा बस्त र काम गर्न दिइएको अनुमति रद्द गर्ने तयारीमा ट्रम्प प्रशासन जुटेको हो ।

सन् २००१ मा लगातार आएको भूकम्पपछि अमेरिका प्रवेश गरेका उनीहरुलाई मानवतावादी कार्यक्रम ‘टेम्प्रोरी प्रोटेक्टेड स्टेटस’ टीपीएस दिइएको थियो । उनीहरुलाई सन् २०१९ सम्ममा स्वदेश फर्कन समयसीमा तोकिएको छ । सो अवधिभित्र नफर्किएमा गिरफ्तार गरी कानुनअनुसार कारवाही हुने जनाइएको छ ।
ट्रम्प प्रशासनले यसअघि निकारागुवा र हाइटीका हजारौं आप्रवासीको टीपीएस सुरक्षा फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्