तातोपानी नाका १० दिन बन्द हुने
काठमाडौं, असोज ७ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको यो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य सुरु गरिएकाले आठरदश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए ।
यो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरू पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।
यस नाकाबाट भूकम्पपछि यस पालाको दशैँका लागि करिब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सातरआठ टोली तिब्बत गइसकेकाले अबको तीनरचार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्