‘दशैंमा घर बाहिर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गर्नुुस्’

काठमाडौं , असोज ६ । आउँदै गरेका दसैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वको समयमा हुनसक्ने सम्भावित घटना र अपराध न्यूनीकरणका लागि सुरक्षा योजना लागू गरेको हो ।

जनशक्तिको प्रभावकारी परिचालन, सुरक्षित र भयरहित वातावरण तथा सम्भाव्य अपराधको न्यूनीकरणमा नेपाल प्रहरी सधैं सक्रिय रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । त्यसमा पनि चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढी हुनसक्ने भएकाले प्रहरीले त्यसैअनुसार सुरक्षा योजना तयार गरेको उनको भनाइ छ ।

दसैं मनाउन आफ्नो घर छोडेर जाँदा छिमेकी र नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन तथा कुनै शंकास्पद व्यक्ति तथा वस्तु देखेमा अथवा कुनै घटना घटेमा तत्काल प्रहरीलाई खबर गर्न एसएसपी सुवेदीले आग्रह गरका छन् ।

यस्तो छ प्रहरीले तयार पारेको सुरक्षा योजना

एम्बुस टीम तैनाथ

प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न ३० ठाउँमा कुकुरसहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको छ ।

चोरी÷डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डीएसपी र इन्सपेक्टरको कमान्डमा ३० टोलीलाई नाकाबन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ ।

दसैँ, तिहार, छठ, नेपाल सम्वत लगायत चाडपर्वमा वित्तीय अपराधमा संलग्न गिरोह सक्रिय हुने भन्दै महानगरीय प्रहरीले त्यसलाई नियन्त्रण गर्न काठमाडौँका ३० ठाउँमा ‘एम्बुस टोली’ खटाइएको छ ।

रातोपाटीसँगको कुराकानीमा एसएसपी सुवेदीे वित्तीय अपराध नियन्त्रणका लागि सादा पोशाक, गस्ती र कुकुरसहितको एम्बुस टोली तैनाथ गरिएको जानकारी दिए ।

घर छोडेर जाँदा खबर गर्न प्रहरीको आग्रह

चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ ।

उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ ।

काठमाडौँ परिसरले सार्वजनिक गरेको चाडबाड लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको छ ।

‘हामीले चाडबाड लक्षित सुरक्षाअन्तर्गत बैङ्क वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं,’ एसएसपी सुवेदीको भनाई थियो ।

परिकल्पना
सुरक्षा निकायको उच्च समन्वयवाट सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही र शिघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाई आम जनसमुदायमा भरपर्दो सुरक्षा वातावरण निर्माण गर्ने

परिलक्ष्य
दसैं, तिहार तथा छठ पर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ तुल्याई काठमाडौको जनजीवनलाई सहज र सरल बनाउने

उद्देश्य
जनमानसमा सुरक्षकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने
अपराधीलाई कारवाहीको दायरामा ल्याउने
साधन स्रोतको दुरुस्त तथा प्रभावकारी परिचालन गर्ने

सुरक्षाका चुनौतीहरु
सामान्य अवस्थामा हुने आपराधिक क्रियाकलापहरु
हत्या, अपहरण, ठगी, चोरी, महिला हिंसा लगायतका आपराधिक क्रियाकलापहरु
विशेष अवस्थामा हुने आपराधिक क्रियालापहरु
कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवातास, अवैध मदिरा बिक्रिवितरण, आगजनी, विष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघन

सुरक्षाका क्षेत्रहरु
स्थानीय बासिन्दा
सम्भाव्य खतरा
व्यक्ति तथा सम्पत्तिको सुरक्षा
आर्थिक कारोबार (किनमेल) सुरक्षा
धार्मिक कर्महरुको सुरक्षा
आर्थिक कारोबार हुने स्थानहरुको सुरक्षा

सम्भाव्य खतरा
बैंक तथा वित्तिय संस्थाहरुमा चोरी तथा लुटपाट हुन सक्ने
सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भइ किनबेच कार्यमा असुविधा
पसलहरुमा चोरी, लुटपाट हुन सक्ने
काठमाडौं छाडी अन्य स्थानमा जाने यात्रुहरुले सहज तथा उचित मूल्यमा टिकट नपाउने
पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालन हुन नसक्ने
सवारी दुर्घटनामा वृद्धि हुन सक्ने
सवारी साधनभित्र यात्रुहरुको पकेट मारी, चोरी र लुटपाट हुन सक्ने
अन्यन्त्र जाने व्यक्तिहरुको खाली रहेको घर तोडफोड हुन सक्ने
घरभित्र रहेका सम्पत्ति चोरी हुन सक्ने
सरकारी सम्पत्ति हानी नोक्सानी हुन सक्ने

सुरक्षा योजना
ड्युटीका क्षेत्रहरु
सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान
विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठमन्दिर, गुम्बा रहेको स्थान
वित्तिय संस्था, आर्थिक कारोबार हुने स्थानहरु
यातायात सञ्चालन हुने स्थानहरु
व्यापारीक कारोबार (किनबेच) हुने स्थानहरु
सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ति रहेका स्थानहरु
काठमाडौं प्रवेश गर्ने नाकाहरु
होटल, गेष्टहाउस तथा रेष्टुरेन्टहरु
आपराधिक गतिविधि हुने स्थानहरु
राजमार्ग तथा ग्रामिण बस्तीहरु

ड्युटीका प्रकारहरु
एरिया विभाजन– १४
पैदल गस्ति टोली– ६०
पिकेटिङ स्थान (६७ स्थायी र ५७ अस्थायी)
सवारी गस्ती
साइकल गस्ती टोली–३५
मोटरसाइकल गस्ती टोली–८३
मोटर गस्ती टोली (४६ सिआरभी, मोबाइल–४८)
सूचना संकलन टोली (सादा पोशाकमा ७० टोली)
सिल एन्ड सर्च–३०
कर्डेन एन्ड सर्च–३०
एम्बुसिङ र निगरानी– ३०
काठमाडांै भित्रिने नाकाहरुमा कुकुरसहितको चेकजाँच
क्युआरटी– ५३
सिनियर प्रहरी अधिकृतको कमाण्डमा २५ टोली (नाकाबन्दीका लागि)
१४ वटा टिकट बुकिङ काउन्टर (कलंकी, वल्खु, सुन्धारा, पुरानो वसपार्क, नयाँ वसपार्क, गोंगवु, गौशाला, तिलगंगा, चावहिल, कोटेश्वर, बालाजु चोक, माछापोखरी चोक, जोरपाटी)मा प्रहरी परिचालन
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरु संचालन
माइकिङ्ग
पर्चा पम्प्लेट वितरण
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमहरु
हलचोक लगायत स्थानमा हेल्प डेस्क

प्रतिक्रिया दिनुहोस्