सुरक्षा परिषद विधेयक फिर्ता लिने तयारी
काठमाडौं, असोज ६ । सरकारले ६ महिनाअघि पेस गरेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ संघीय संसदबाट फिर्ता लिने तयारी गरेको छ ।
विधेकयमा सेना परिचालनसम्बन्धी व्यवस्थामा सुरक्षा परिषदको बैठक नै नबसी परिषद अध्यक्ष (प्रधानमन्त्री) ले स्वतः सेना परिचालनका लागि सिफारिस गर्न सक्ने प्रावधानको सत्ता र प्रतिपक्षबाट विरोध भएको थियो ।
सुरक्षा विज्ञहरुले पनि विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाएका थिए । प्रतिपक्ष, सत्ता पक्ष, सुरक्षाविद्ले यो व्यवस्था संविधानको भावनाविपरीत भन्दै सरकारको आलोचना गरेका थिए । नेपाली सेनासमेत यो व्यवस्थाप्रति असन्तुष्ट थियो ।
मन्त्रिपरिषदमा सुरक्षासम्बन्धी विधेयक फिर्ता लिई परिमार्जन गरेर अघि बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्