प्रदेश नं. २ मा ३७ हजार २३६ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । तेस्रो चरणको २ नं. प्रदेशको आठ जिल्लाका १३६ स्थानीय तहमा ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएकोछ ।
आयोगले आज कार्यलयमा पत्रकार सम्मलन गर्दै कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगको तथ्यांक सार्वजनीक गरेको हो । तीमध्ये महिला १४ हजार ३३७ र पुरुष २२ हजार ८६१ जनाको उम्मेदवार रहेका छन् । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार रहेको आयोगले जनाएको छ । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धा गर्दै छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको आयोगले जनाएकोछ ।

मतदानको समयमा अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन समेत दिएकोछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोग गर्न आयोगले आग्रह गरको छ ।
निर्वाचन आयोगले तस्रो चरणको प्रदेश न. को निर्वाचनमा सुरक्षा लगायत सम्पूर्ण तयारी पूरा गरिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्