इरानमाथि जवाफी कारवाही गर्ने साउदी अरबको चेतावनी

रियाद, असोज ५ । साउदी अरबले हालै तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको हात रहेको भन्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

साउदी अरबका पराराष्ट्र राज्यमन्त्री आदेल अल जुबेरले इरानको हतियारहरु भेटिएको प्रष्ट पार्दै यसको छानबिन गर्ने बताएका छन् । अमेरिकाले साउदी अरबमा अमेरिकी सेना पठाएपछि रुष्ट बनेको इरानले बदलास्वरुप आक्रमण गरेको उनको भनाइ छ ।

साउदी अरबको अब्काइक तेल प्रशोधन केन्द्रमा दुई साता अघि आक्रमण हुँदा त्यसको असर विश्वभर परेको छ ।

यता, इरानले भने आक्रमणमा आफूहरुको संलग्नता नभएको बारम्बार दोहो¥याउँदै आएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।

यसअघि साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राख्दै इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्