कांग्रेसका सभापति देउवा भृकुटीमण्डपको कपडा मेलामा, किन पुगे ?
काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपको कपडा मेलामा पुगेका छन् ।
उनी त्यहाँ भइरहेको कपडा मेलाको अवलोकन गर्न पुगका हुन् ।नेपाल धागो उत्पादक संघले आयोजना गरेको मेलाका प्रत्येक स्टलमा पुगेर त्यहाँ राखिएको उत्पादनको उनले अवलोकन गरेका हुन् ।
मेलामा नेपाली धागोमार्फत उत्पादित विश्वस्तरीय गुणस्तरीय कपडा, होजियारी, तयारी पोशाक लगायत उत्पादन सस्तो मूल्यमा बिक्रीका लागि राखिएको छ।
मेलामा ५० रुपैयाँ मिटरदेखिका कपडा बिक्रीका लागि राखिएको छ।नेपालमै उत्पादन भएका कपडाको प्रयोग बढाउन संघले मेला गर्दै आएको छ।
साभापति देउवालाई संघका अध्यक्ष पवन गोल्यान र उद्यमी विष्णु न्यौपानेले स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्