संविधानमा नमिलेका कुरा सच्याउँदै अघि बढ्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाण्डौ ,असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नमिलेका कुरा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । संविधान दिवसका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

संविधान दिवस फगत तामझामका लागि मात्रै नभइ नेपालीको विशेष दिन भएको उनले बताए ,
कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको धारा, दफामा के पायौँ के पाएनौँ भनेर किचलो गरेर बस्नुभन्दा पनि कहाँ के मिल्दैन त्यो सच्याउँदै अघि बढ्न सकिने उनको भनाइ थियो ।


उनले नमिलेका संविधानको धारा दफा सच्चाउँदै अघि बढ्ने प्रतिबद्धता पनि जनाए । आजको दिन कुनै उर्दी र तामेली दिए जस्तो नभई प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव रहेकाले सबैले उत्साहका साथ दिवस मनाउन आग्रह पनि गरे ।

साथै उनले जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, तब मा देश बाँच्ने बताए । ‘मेरो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनिहरुप्रति विश्वास बढाउनु थियो । र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले त्यही नै कोशिस गरेको थिएँ ।’

प्रतिक्रिया दिनुहोस्