गोविन्द केसी फेरि अनसनमा,प्रधान न्यायाधीशलाई पदबाट हटाउनुपर्ने माग

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा। गोविन्द केसी प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबारदेखि आमरण अनशनमा बसेका छन् ।

सर्वोच्च अदालतले आइतबार चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०को डीनबाट बर्खास्तीमा परेका डा। शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा। केसीले अनशन सुरु गरेका हुन् ।

त्रिवि शिक्षण अस्पताल परिसरमै अनशन सुरु गरेका डा केसीले प्रधानन्यायाधीश पराजुली ‘भ्रष्ट र माफिया’ भएको आरोप लगाए ।

डा। केसीले नेपालका न्यायालयहरु न्याय दिनेभन्दा पनि न्याय किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुलाई संरक्षण दिने तथा इमान्दारहरुलाई दन्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको आरोपसमेत लगाएका छन् ।

न्यायाधीशहरुले न्यायालयलाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै डा। केसीले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश पराजुलीविरुद्ध लड्नुको विकल्प नभएको जिकिर गरे ।

डा। केसीले आफ्ना मागहरुमध्ये प्रधानन्यायाधीश पराजुलीको राजीनामालाई मुख्य बुँदा बनाएका छन् । उनले पराजुलीमाथि छानबिन र कारबाहीको मागसमेत गरेका छन् ।

यस्तै, आइओएमको डीनमा डा। जगदीश अग्रवाल नै कायम रहनुपर्ने, चिकित्सा शिक्षा आयोग गठन हुनुपर्ने, डा। शर्मा तथा त्रिविका पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने माग पनि उनका रहेका छन् ।

सर्वोच्च अदालतले पुनर्बहालीका लागि आदेश दिएका डा। शशी शर्माको पदावधि सकिन तीन दिन मात्र बाँकी छ । उनको चार वर्षे कार्यकाल यही पुस २७ गते सकिँदैछ ।

सर्वोच्चको आदेशमा आइएमओका वर्तमान डीन डा जगदीश अग्रवालको नियुक्ति पनि गैरकानुनी हो भनेर पुष्टि गर्ने आधार नभएको पनि उल्लेख छ ।

आदेशअनुसार तीन दिनसम्म डा। शर्मा र डा अग्रवाल दुवैजना आइओएमका डीन रहनेछन् ।

डा। केसीको यो १४औंपटकको अनशन हो । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै डा। केसी यसअघि १३ पटक अनशन बसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्