नागरिकले दिएको करबाट तलब खाने, सुविधा लिने अनि कुनै पार्टीको कार्यकर्ता जस्तो काम गर्ने ? : देउवा
काठमाण्डौ , असोज २ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रहरी र सरकारी कर्मचारीलाई आफ्ना कार्यकर्ता जस्तो बनाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको चौथो अधिवेशनको अन्तिम दिन सम्बोधन गर्दै देउवाले सरकारले नागरिकको जीउधन र उसको अधिकारको रक्षा गर्नु पर्नेमा राज्यले आतंक मच्चाउन खोजेको बताए । । यस्तो कार्य आफूहरुलाई सैह्य नहुने उनले चेतावनी समते दिए ।
देशका विभिन्न भागमा सत्तारुढ दलकै व्यक्तिहरुले नेपाली कांग्रेसका कार्यकर्ता र सामान्य नागरिकमाथि पनि दमन गरिरहेको भन्दै देउवाले आक्रोश पोखे । सरकारले प्रहरीलाई पनि आफ्नै कार्यकर्ता जस्तो परिचालन गरेको भन्दै सरकारले प्रहरी र कर्मचारीलाई कुनै पनि पार्टीको कार्यकर्ता बनाउनु क्षम्य तर्क गरे ।
प्रहरी नागरिकले नै तिरेको करबाट पालिने भएकाले उसले नागरिकको जीउज्यानको सुरक्षाका लागि लाग्न गम्भीर रहन पनि आग्रह गरे । ‘नागरिकले दिएको करबाट तलब खाने, सुविधा लिने अनि कुनै पार्टीको कार्यकर्ता जस्तो काम गर्ने ?’, देउवाले प्रश्न पनि गर्नुभयो ।
प्रहरीलाई कुनै पनि पार्टीले तलब नदिएको भन्दै उनले प्रहरी कुनै पार्टीको कार्यकर्ता बन्न नहुने र उसको काम समग्र नागरिकको रक्षा गर्ने हुनु पर्ने बताए । पछिल्लो समय प्रहरीले नै देशमा शान्ति सुरक्षाको प्रत्याभुति दिनसकेको छैन । जताततै प्रहरी सुरक्षामा चुकेको छ । जनताले शान्तिको अनुभुति गर्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्