हत्याको अनुसन्धानका लागि १८ लाख प्रहरी परिचालन

काठमाडौं, असोज २ । दक्षिण कोरियामा भएको बलात्कार र हत्यामा संलग्न कुख्यात ’सिरियल किलर’ को अनुसन्धानका लागि १८ लाख प्रहरी परिचालन गरिएको जनाइएको छ ।

३० वर्ष लगाएर गरिएको उक्त अनुसन्धान लगभग सकिएको समेत जनाइएको छ । सन् १९८६ देखि १९९१ सम्म दक्षिण सिओलस्थित ग्रामिण इलाका ह्वासिओङमा १० महिलाको हत्या गरिएको थियो ।

तीनजनाको हत्यामा ५६ वर्षीया ली चुन जाइको संलग्नता रहेको प्रहरीले जनाएको छ । उनलाई सन् १९९४ मा आफ्नो सालीलाई बलात्कार र हत्या गरिएको अभियोगमा दोषी ठहर गर्दै आजीवन जेल सजाय तोकिएको छ । तर, उनले भने उक्त आरोपमा सत्यता नभएको भन्दै अस्वीकार गरेका छन् ।

उक्त अवधिमा किशोरीदेखि ७० वर्षीया महिलासम्मको बलात्कार र हत्या भएको थियो । उनीहरुको जीवनमा आधारित ’मेमोरिज अफ मर्डर’ चलचित्रसमेत बनाइएको छ ।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले २१ हजार व्यक्तिमाथि छानबिन गरेको थियो भने २० हजारको ’फिंगर प्रिन्ट’ जाँच गरिएको थियो । उक्त प्रान्तीय प्रहरी नियोगका प्रमुख बान जफ(सोले एएफपीसँगको कुराकानीमा भने, “म पीडित तथा उनीहरुका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । बलात्कार र जघन्य हत्याको घटनाको अनुसन्धानका लागि लामो समय लागेकोमा कोरियन जनताप्रतिसमेत सहानुभूतिना प्रकट गर्न चाहन्छु ।“
बीबीसी

प्रतिक्रिया दिनुहोस्