अस्पतालमा तालिबानको आक्रमण, कम्तीमा १० जना मारिए, अस्पताल पुरै ध्वस्त

काठमाडौं, असोज २ । अफगानिस्तानको दक्षिणी कलात सहरस्थित एक अस्पतालमा तालिबानले आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा १० जना मारिएका छन् भने अस्पताल पुरै ध्वस्त भएको छ ।

विस्फोटक पदार्थले भरिएको मिनिट्रक अस्पतालको बाहिर विस्फोट गराइएको थियो ।

मारिनेमा चिकित्सक र बिरामीहरु रहेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।

तालिबानले अस्पतालनजिकै रहेको सरकारी गुप्तचर निकायको कार्यालयलाई निशाना बनाएको जनाएको छ ।

अफगानिस्तानमा नजिकिँदो आमचुनाव र अमेरिकासँगको शान्तिवार्ता भंग भएपछि तालिबानले दैनिकजसो आक्रमणहरु गरिरहेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्