पूर्व राजा ज्ञानेन्द्रले युुपिका मुख्य मन्त्री योगीलाई भेटेपछि नेपाली राजनीतिमा खैलाबैला

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका छन् ।

मुख्य मन्त्री  योगीलाई भेटेपछि नेपाली राजनीतिमा खैलाबैला भएको छ । पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारतको लखनाउ पुगेर योगीलाई भेटेका हुन् ।

शाह र योगीबीच सोमबार बिहान लखनउमा भेटघाट भएको योगीले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् । योगीले लखनउस्थित सरकारी निवासमा नेपालका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहसँग भेट गरेर दोसल्ला ओढाएर कुम्भको लोगो प्रदान गरिएको उल्लेख गरेका छन् ।

आदित्यनाथ नेपालमा हिन्दू राष्ट्र र राजसंस्थाका लागि वकालत गर्दै आएका व्यक्ति हुन्। उनले काठमाडौं आएर पटक पटक राजसंस्था हिन्दू राष्ट्रका पक्षमा आफ्नो धारणा राख्दै आएका छन्।

लखनउ हाउस स्रोतका अनुसार भेटमा पूर्वराजा शाह र आदित्यनाथबीच नेपालमा राजतन्त्र पुनर्वहाली र हिन्दू राष्ट्रको मुद्दालाई योजनाबद्ध रुपमा अघि बढाउने समझदारी भएको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने आदित्यनाथले यसका लागि केन्द्रीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

‘मुख्यमन्त्रीजीले हिन्दूवादी नेता एवं प्रधानमन्त्री मोदीसँग नेपालमा राजसंस्था र हिन्दू राष्ट्रका लागि ठोस पहल गर्न कुरा राख्ने प्रतिबद्धता पूर्वराजा सामु राख्नुभयो। पूर्वराजा शाहले पनि देशको पछिल्लो अवस्थाबारे चिन्ता जनाउँदै जनताले दुःख पाएको भन्दै चिन्ता जनाएका छन्।’  स्रोतले भन्यो– ‘उहाँहरुबीच मुलुकलाई निकास दिन राजसंस्था र हिन्दू राष्ट्रको विकल्प नभएको निष्कर्ष निस्कियो।’ जसले गर्दा पछि नेपाल कतै राज संस्था तथा हिन्दु राष्ट्रको स्थापना हुने हुन् कि भनेर नेपाली राजनीतिमा खैलाबैला भएको छ ।

मध्य तथा सुदूरपश्चिमका विभिन्न धार्मिक स्थलमा पूजापाठका लागि पुस १४ गते यात्रामा निस्किएका पूर्वाराजा शाह नेपालगञ्ज, धनगढी हुँदै लखनउ गएका थिए। पछिल्लो् समय देशमा अन्यौलको अवस्था सिर्जना हुँदा पूर्वराजा शाह देशदौडाहमा छन्। उनको यो देशदौडाहलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्