राष्ट्रपति उपस्थित चुनावी र्‍याली नजिकै विस्फोट, २४ जनाको मृत्यु, ३१ घाइते

काठमाडौं, भदौ ३१ । अफगानिस्तानमा जारी चुनार्वी याली नजिकै भएको विस्फोटमा कम्तिमा पनि २४ जनाको मृत्यु भएको छ ।

अफगानी राष्ट्रपति असरफ घानी उपस्थित उक्र्त याली भइरहेको ठाउँ नजिकै भएको विस्फोटमा २४ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् । राष्ट्रपति घानी भने सकुशल भएको रोयर्टसले जनाएको छ ।

राजधानी काबुलबाट उत्तरतिर पर्ने पारवान प्रान्तको चरीकारमा आयोजिर्त यालीमा सम्बोधनका लागि राष्ट्रपति घानी त्यसतर्फ गएका थिए । “घाइते हुनेहरुमा महिला र बालबालिका रहेका छन् ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । घाइतेको उद्धारमा सुरक्षाकर्मीसहित एम्बुलेन्सहरु खटिरहेका छन्, “ प्रान्तिय अस्पतालका प्रमुख अब्दुल क्वासिम सान्जिनले भने ।
स्थानीय सरकारका अनुसार उक्त हमला आत्मघाती हो । राष्ट्रपति घानीका सहयोगीले रोयर्टससँगको कुरा गर्दै राष्ट्रपति घानी सकुशल भएको जानकारी दिएका छन् । उक्त घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

अफगानिस्तानमै अर्को क्षेत्रमा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको छ । प्रहरीका राजधानी काबुलको केन्द्र भागमा भएको विस्फोट क्षेत्रतर्फ प्रहरी र एम्बुलेन्स परिचालन गरिएको छ ।
सेप्टेम्बर २८ मा हुने राष्ट्रपतिय निर्वाचनको पूर्वसन्ध्यामा तालिबान समूहले विभिन्न ठाउँमा विस्फोट गराक्षरहेको छ । घानी पाँचौं कार्यकालका लागि निर्वाचनमा होमिएका छन् ।

तालिबान समूहले थप आक्रमण गर्नसक्ने भन्दै मुलुकभरका निर्वाचन कार्यालय तथा बुथहरुमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । गत साता अमेरिका र तालिबान समूहबीचको शान्ति वार्ता रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्