प्रधानमन्त्री ओली र प्रचण्डको डडेल्धुरामा पुत्ला दहन

काठमाडौं, भदौ २९ । डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष प्रचण्डको पुत्ला दहन गरिएको छ ।

आइतबार बिहान डडेल्धुरा सदरमुकाम बागबजारमा नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओली र प्रचण्ड विरुद्ध नाराबाजी गर्दै उनीहरुको पुत्ला दहन गरिएको हो ।


नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्ता माथि भएको आक्रामणको बिरोधमा ओली र प्रचण्डको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।


आन्दोलनमा सहभागीहरुले घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्