मेयरको कार्यकक्षमा आगजनी, कसले गर्यो ? प्रहरी यसो भन्छ

काठमाडौं, भदौ २९ । कैलालीको मेयरको कार्यकक्षमा आगजनी गरिएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगजनी गरिएको हो ।


आगजनीबाट मेयरको कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतका सर समानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

कार्यकक्षमा रहेका अन्य कागजातमा भने कुनै क्षति भएको नभएको पनि प्रहरलिे जनाएको छ । मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले घटनास्थलमा गएर हेर्दा कसैले आगजनी नै गरेको हो भन्न नसकिने बताए । मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने बताए ।

आगजनी के कति कारणले भएको हो त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्