बाँके घटनामा गृहमन्त्रीले दिएको जवाफमा कांग्रेको चित्त बुझेन, सदन अवरूद्ध
काठमाडौं, भदौ २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि कारबाहीको माग राख्दै सदन अबरूद्ध गरेको छ।
घटनाबारे आइतबार गृहमन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी गराउँदा घटनालाई प्रतिपक्षले राजनीतिकरण गरेको बताएपछि कांग्रेस सांसदले आपत्ति जनाएका थिए।
घटनाका दोषीहरूलाई सरकारले कारबाही गर्न नचाहेको र प्रहरीले किटानी जाहेरीसमेत नलिएको भन्दै प्रमुख सचेतक बालकृष्ण खाँणले तत्काल कारबाही सुरू गर्ने प्रक्रिया थाल्न आग्रह गरेका थिए।
गृहमन्त्रीले रोष्टमबाट दुई पटक घटनाबारे सरकारको धारणा राखेका थिए। उक्त धारणा चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसद उठेर विरोध गरिरहेपछि सभामुख कृष्णबहादुर महराले दश मिनेका लागि संसद स्थगित गरेका छन्।
गत बिहीबार बाँकेको खजुरामा कांग्रेसको जागरण कार्यक्रममा आक्रमण हुँदा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।
प्रतिक्रिया दिनुहोस्