आजको मौसमः मेघ गर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना, दिनभर देशभरको मौसम कस्तो ?
काठमाडौँ , भदौ २९ । बिहानै देखि काठमाडौं लगाएत देशका विभिन्न स्थानमा पानि परिरहेको छ ।
बंगालको खाडीबाट आएको जलवाष्प युत्तः हावाको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यहि कारण हाल देशभरि आंशिकदेखि सामान्य बदली भएको छ भने मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका भूभागका थोरै स्थानमा हल्का वर्षा भएको छ । काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि हल्का वर्षा भएको छ ।
आइतबार दिनभरि देशभरि आंशिकदेखि समान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर सामान्य बदली हुनेछ । केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । राति पूर्वी तथा मध्य भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्