साउदी अरबका दुई ओटा ठुला तेल कम्पनीमा ड्रोनबाट आक्रमण (भिडियोसहित )

काठमाडौं, भदौ २८ । साउदी अरबका दुई ओटा तेल कम्पनीमा ड्रोनबाट आक्रमण गरिएको छ । साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र खुरैसमा ड्रोनको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ ।


यसअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र आगलागीको खबर आएको थियो । यद्यपि त्यसमा आगलागीको कारण बताइएको थिएन ।


साउदी अराम साउदी अरबको राष्ट्रिय पेट्रोलियम र पाकृतिक ग्यास कम्पनी हो । राजस्वको मामिलामा यो विश्वको कच्चा तेलको सबैभन्दा ठूलो कम्पनी हो ।

दुबईमा रहेको प्रसारणकर्ता अल–अरबियाले यो घटनासँग जोडिएको एउटा भिडियो देखाएको थियो, जुन भिडियोमा आगो लागेको र गोली चलेको आवाज आइरहेको छ । साउदी अरामलाई आतंकवादी निशाना बनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्