रुकुममा खोलाले यसरी बगायो जीप..

काठमाडौं, भदौ २७ । रुकुममा खोलाले जीप बगाएको छ यसैबिच फसेका खोलाले जीप बगाउँदा फसेका चालकको उद्धार चालकको उद्धार गरिएको छ ।


रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर १ र २ को सीमानामा पर्ने पुमाखोलामा फसेका चालकको सकुशल उद्धार गरिएको हो ।

रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराबाट रूकुम पश्चिमको मुसीकोट आउँदै गरेको लु १ ज ४११५ नम्बरको जीप पुमाखोलाले बगाउँदा चालक जीपमा नै फसेका थिए ।

खोलाले बगाउँदै गरेको जीपबाट चालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए । चरुकुम पूर्व सिस्ने गाउँपालिका– ३ बस्ने २५ वर्षीय चालक सुनिल बिकको उद्धार गरिएको हो ।

यात्रुहरुलाई छोडेर मुसिकोेटतर्फ फर्कने क्रममा बिहीबार राति ८ बजेतिर जीपलाई खोलाले बगाएको थियो । जीपमै फसेका चालकको रातभरको प्रयासपछि शुक्रबार बिहान प्रहरी र स्थानीयले उद्धार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्