तराईमा अझै केही दिन हुस्सु र शीतलहर

काठमाडौं । तराईमा लागिरहेको बाक्लो हुस्सु र शीतलहर हट्न अझै केही दिन लाग्ने भएको छ । केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने भएको हो ।
डिसेम्बरको अन्तिमलेखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने मौसमविद वरुण पौडेलले बताए ।
अहिलेको हुस्सु हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बिचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उनले बताए।
बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसो पख खुल्दै जाने तर चिसो भने नहट्ने मौसमविदले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्