डेंगी नियन्त्रण गर्न सबैको भूमिका अपरिहार्य

काठमाडौं, २६ भदौ । आफ्नो घरवरिपरि डेंगी सार्ने लामखुट्टेको लार्भा खोजेर आफैं नष्ट गरे बच्न सकिने विज्ञहरूले सुझाएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वाथ्य शिक्षा, सूचना तथा संचार केन्द्र, युनिसेफ र विश्व स्वास्थ्य संगठनको संयुक्त रुपमा गरेको अन्तरक्रिया कार्यक्रममा डेंगी नियन्त्रणसम्बन्धी अन्तरक्रियामा सहभागी विज्ञ यस्तो उपाय बताएका हुन् । यो रोग सन् २००४ मा देखा परेको हो ।

डेंगी विज्ञ डा. बिएन लाग्पालले ‘प्रत्येक घरले आफ्नो वरिपरिको लामखुट्टेको लार्भा खोजी नष्ट गरि डेंगी नियन्त्रण गर्न सकिने बताए । उनले लामखुट्टे फैलिने ठाउँमा सरसफाई गरेर स्प्रे छर्किएर डेंगी नियन्त्रण गर्न सकिने सुझाव व्यक्त गरे । उनले भने लामखुट्टे ‘खोजौं र नष्ट गरौं’ डेंगु सार्ने लामखुट्टे नरहे डेंगी संक्रमण हुने सम्भावना नै रहन्न ।

वातावरण तथा तापक्रम सो लामखुट्टेका बच्चा हुर्काउन अनुकूल रहेको र प्रि–मनसुनसँगै देखा परेको डेंगी संक्रमण पोस्ट मनसुनपछि थप फैलिने भएकाले यो वर्ष डेंगी फैलिने सम्भावना बढी देखिन्छ । डेंगी महामारीलाई समयमै नियन्त्रण गर्न अब स्वास्थ्यकर्मी तथा सरकारबाट मात्र सम्भव नभएकाले प्रत्येक व्यक्ति, समुदायका नेतृत्व, गाउँपालिका, नगरपालिका, प्रहरी, राजनीतिक पार्टी, स्वास्थ्य स्वयंसेविका, सेना, खानेपानी, ढल तथा सहरी विकास मन्त्रालय सबैले भूमिका निभाएमा घरदेखि सार्वजनिक स्थलसम्म रहेका डेंगी नियन्त्रण गर्न सम्भव हुने उनीहरूको सुझाव छ ।
शहरी जनघनत्व, तापक्रम बिद्धि, सरसफाईमा कमी, फोहोर, पानी जम्ने, सामानहरुको स्टोरेजले गर्दा डेंगु फैलदै गएको उनको तर्क छ ।

दक्षिण पूर्वी एशियाका मुलुकहरुको यो डेंगी फैलिएको छ । नेपाल, मेलेसिया, जापान, पाकिस्तान, भुटानलगायत १ सय २६ देशमा लामखुट्टेको टोकाईबाट डेंगु र जापानीज इन्सिेपेलाइटिस र मलेरिया रोग लाग्ने र यसलाई रोग्न सरकारले मात्र संभव नभएको उनको भनाई छ । यस डेंगीको प्रभावबाट सीक्तशाली राष्ट्र अमेरिका पनि अछुतो छैन । यो डेंगी हस्पिटल, पार्क, नर्सरी, भौतिक निमार्णस्थल, सरकारी कार्यालय, पब्लिक स्थानहरुमा बढि संबेदनशिल हुन्छ । यसलाई महामारीको रुपमा नहेरी साबधानी अपनाएमा यसलाई रोक्न र टोकाइबाट बच्न सकिन्छ ।

नेपालको सन्दर्भमा गत जेठदेखि सुरु डेंगी प्रदेश १ हुँदै अन्य प्रदेशका ४८ जिल्लामा फैलिसकेको छ । सबैभन्दा बढी प्रदेश १ मा पाँच सय ६५ जना, प्रदेश ३ मा पाँच सय ५९ जना, प्रदेश ४ मा तीन सय ३९ जना र प्रदेश पाँचमा ५६ जनामा संक्रमण भइसकेको छ । कर्णाली प्रदेशमा संक्रमण भएको पाइएको छैन।
गत जेठदेखि सुरु डेंगी संक्रमण प्रदेश १ हुँदै अन्य प्रदेशका ४८ जिल्लामा फैलिसकेको छ। जसअनुसार सबैभन्दा बढी प्रदेश १ मा पाँच सय ६५ जना, प्रदेश ३ मा पाँच सय ५९ जना, प्रदेश ४ मा तीन सय ३९ जना र प्रदेश पाँचमा ५६ जनामा डेंगी प्रमाणित भइसकेको छ। कर्णाली प्रदेशमा संक्रमण भएको पाइएको छैन। हालसम्म चार हजार नौ सय ३२ जनामा डेंगी प्रमाणित भइसकेको छ । यो वर्ष सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुर जिल्लामा महामारी फैलिसकेको छ ।
कसरी सर्छ डेंगी ?
डेंगी भाइरस संक्रमित एडिस एजिप्टाई लामखुट्टेले टोकेमा सो संक्रमण हुन्छ। सेतो र कालो छिर्केमिर्के रङको यो लामखुट्टे सफा तथा स्थिर पानी जमेको भाँडामा बस्छ। यो लामखुट्टेले टोकेको सातदेखि १० दिनभित्र ज्वरो आउने, जिउ करकरी दुख्ने, आँखाको गेडा दुख्ने, वान्ता हुने, टाउको दुख्ने, शरीरमा रातो भाग देखिनेलगायत लक्षण देखिन्छ। यो लामखुट्टेले प्रायः बिहान तथा दिउँसो बढी टोक्छ। चार प्रकारका डेंगी भाइरस हुन्छन्। जुन भाइरसको संक्रमण भएको हो, त्यहीअनुसार फरकफरक असर हुन्छ। तर प्रकोप क्षेत्रमा फैलिरहेको लामखुट्टेले टोकेमा, प्रकोपको क्षेत्रमा जन्मेको बच्चामा, एउटै व्यक्तिलाई दुईपटक डेंगी भाइरसको संक्रमण भएमा कडा डेंगी हुन्छ। यस्तो अवस्थामा उच्च रक्तस्राव भएर मानिसको ज्यानसमेत जान सक्छ। डेंगी संक्रमणबाट हुने मृत्युदर भने कम छ।

डेंगी सार्ने लामखुट्टे कहाँ बस्छन् ?
धेरै दिनदेखि जम्मा भएको कुलरको पानी, बिर्को नलागेका बोटल, अन्डाको खोल, सतहमुनिको पानीको ट्यांकी, बाल्टिन, साइकल तथा मोटरको टायर, खुला ठाउँमा फालिएका प्लास्टिक कागज, टायर, पानीको खुला ड्रम, पानी जमेको फूलको गमला, बाल्टिनलगायत भाँडाहरूमा लामखुट्टे बस्छ र त्यहीं लार्भा हुर्काउँछ। एक पटक लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मिन्छन्। ३० देखि ४५ दिनसम्म बाँच्ने यस लामखुट्टेले आफ्नो जीवनकालमा ९ पटक अन्डा पार्छ । एक पटकमा एक सय ५० भन्दा बढी अन्डा पार्ने यो सातदेखि १० जना मानिसलाई टोकेपछि मात्र अघाउँछ। यसकारण यो लामखुट्टेले धेरैलाई डेंगी सार्ने सम्भावना हुन्छ।

यो लामखुट्टेले टोकेपछि ९० प्रतिशत मानिसलाई मात्र लक्षण देखिन्छ । पहिलो टोकाइमा लक्षण नदेखिए पनि दोस्रो पटक टोकेमा गम्भीर समस्या उत्पन्न हुन्छ। लक्षण नदेखिएका संक्रमितलाई टोकेमा पनि डेंगी सर्छ। यो लामखुट्टेले सारेको भाइरस १० दिनपछि आफैं मर्छ। तर पटक–पटक संक्रमितलाई टोकेमा डेंगी हेमेरेज हुन सक्छ। यो लामखुट्टेले पाँच एमएल पानी र पानीको लेयरभन्दा पाँच सेमीमाथि भित्ताको लेयरमा पनि अन्डा पार्छ।

डेंगीको लार्भा नष्ट गर्ने तरिका
भेक्टर कन्ट्रोल शाखाका अनुसार एडिस लामखुट्टेले स्थिर तथा सफा पानीमा अन्डा पार्छ। एक पटकमा एक सय ५० भन्दा बढी लार्भा उत्पादन हुन्छन्। ती लार्भा पानीको सतहभन्दा केही माथि भित्तामा बस्छन्। अनुकूल ताप पाउनेबित्तिकै लार्भा हुर्किन्छन्। हालसम्म लार्भा नष्ट गर्र्ने क्रममा पानी मात्र फ्याक्दा भित्तामा लार्भा रहिरहन्छ। त्यसकारण पानी निकालेपछि भाँडाको भित्ता मिची–मिची सफा गरेमा मात्र लार्भा नष्ट हुन्छ। भाँडामा पानी जम्न दिनु हुँदैन। कुनै पनि भाँडामा पानी जम्मा गर्नुपरे त्यसको बिर्को राम्रोसित लगाउनाले पनि लार्भा हुर्किन पाउँदैन।

डेंगी संक्रमणबाट बच्न के गर्ने ?
लामखुट्टेको टोकाइबाट बच्ने, अनाश्यक बाहिर ननिस्कने, शरीरको खुला भागमा लामखुट्टे भगाउन मलम लगाउने, घरवरिपरि सफा राख्ने, घरमा झ्याल–ढोकामा जाली राख्ने, घरवरिपरि टायर, ड्रम, बाल्टिन, बोटल, बट्टा, पानीको ट्यांकी खुला नराख्ने, शकांस्पद ठाउँका लार्भा खोजेर नष्ट गर्ने।

प्रतिक्रिया दिनुहोस्