दसैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

काठमाडौं , भदौ २६ । यस वर्षको दसैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेबाट खुल्ने भएको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै उपत्यकाबाट दसैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले दसैंअघि नै टिकट काट्न सक्ने भएका छन् ।

व्यवसायीसँग भएको बैठकले असोज पाँचबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिलेकै भाडादरमा यात्रुले टिकट काट्न सक्ने पनि उनले बताए ।

यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैँतिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिए। त्यसपछि वैज्ञानिक भाडाादर निर्धारण गरी लागू गरिने हमालले बताए।

प्रतिक्रिया दिनुहोस्