विप्लव कार्यकर्तासँगको भिडन्तमा ज्यान गुमाएका प्रहरी जवान राईलाई सरकारले गर्यो सहिद घोषणा
काठमाडौं, भदौ २६ । भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तासँगको भिडन्तका क्रममा ज्यान गुमाएका प्रहरी जवान सञ्जिव राईलाई सरकारले सहिद घोषणा गरेको छ ।
बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएका हुन् ।
त्यसैगरी उनका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । भोजपुरमा गत असार २५ गते बुधबार भएको भिडन्तमा परी एक विप्लव कार्यकर्तासहित दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुने विप्लवका जिल्ला इन्चार्ज निरकुमार राई रहेका थिए ।
प्रहरीको जवाफी फायरिङमा विप्लवका कार्यकर्ता मारिएका प्रहरीले बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्