महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सांसदको माग
काठमाडौं , भदौ २५ । महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सांसदहरुले माग गरेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको सुन्य समयमा बोल्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
नवलपरासीमा कार्यालय हिडेकी युवती माथि दश जनाको समुहले सामुहिक बलात्कार , रसुवाका ११ र ६ बर्षिया बालिकाको बलात्कार भएको भन्दै उनले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जादा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी गरे ।
त्यसैगरी, मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भएपनि अपराधीलाई फाँसीको सँजायको व्यवस्था गर्न माग गरिन् ।
सांसद नैनकला ओझाले मोरङ्गको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए पनि २५ बर्ष देखि काम सुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन् ।
सांसद प्रकाश पन्थले बैठकमा सांसदहरुले उठाएको सवालको सम्बन्धीत मन्त्रालयले जवाफ दिनेतर्फ गम्भीर नभएको भन्दै संसदीय मामिला हेर्ने कानुन मन्त्रालय र सम्बन्धीत निकायको ध्यानाकषण गराए ।
सांसद बलराम प्रसाद बाँस्कोटाले हरेक चाडपर्वमा र्कि्तिम अभाव श्रृजना हुने, गुणस्तरहिन सामान र खाद्यान्नमा मिसावट हुने गरेको भन्दै त्यस तर्फ समयमै सोच्न सरकारको ध्यानार्षण गराए ।
सांसद मिना बुढाले रोल्पा जिल्लाको शहीद मार्ग पहिरोका कारण अवरुद्ध भएको भन्दै पहिरो हटाई सवारी यातायात सुचारु गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन् ।
सांसद युटोल तामाङ्गले मुगु जिल्लाका बाढी पहिरो प्रभावितका लागि क्षतिपुर्ति तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । नेपालमा महिला हिंसा, बलात्कार जस्ता अन्य घटना दिनानुदिन बढ्दै जान थालेका छन् । अन्य महिला हिंसा पनि हुने गरेका छन् तर यस विषयमा सरकारले न्युनिकरण गर्न भने सकेको छैन । महिलाले विभिन्न समस्याबाट पिडित हुनु परेको छ । हिंसामा परेका महिलाहरु प्रार्य खुलेर बोल्दैनन् । गाउँघरका महिलाहरु अझै हिंसामा पर्न बाध्य भएका छन्
प्रतिक्रिया दिनुहोस्