काठमाडौंमा एकैरातमा परे १३ सय चालक कारबाहीमा
काठमाडौं, भदौ २५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एकैरातमा १३ सय चालकलाई कारबाही गरेको छ ।
काठमाडौंका विभिन्न स्थानमा गए राति १ हजार २७७ जना चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यकाभर रहेका महाशाखाका विभिन्न प्रभाग प्रमुखसहित महाशाखाबाट खटेको टोलीले ती चालकलाई कारबाही हो ।
मापसे, लेन मिचेको, बढी भाडा असुलेको, जेब्राक्रसमा सवारी रोकेको, तीव्र गतिमा चलाउने र टाइमकार्ड उल्लङ्घन गर्ने टिपर, ट्रक, अनधिकृत पार्किङ गरेको, निषेधित क्षेत्रमा हर्न बजाएकोलगायत कसुरमा प्रहरीले एकैरात ती संख्याका सवारीलाई कारबाही प्रहरीले जनाएको छ ।
महाशाखामा हालै नियुक्त भएका एसएसपी भीमप्रसाद ढकालले बोलीमा नम्रता र कारबाहीमा कडाइ नीति ल्याएसँगै नियम उल्लङ्घन गर्ने चालक कारबाहीलाई प्रहरीले तीव्रता दिएको हो ।
एसएसपी ढकालले उपत्यकामा हुने सवारी चालक कारबाहीको तथ्यांक दैनिक रुपमा सार्वजनिक गर्नेसमेत बताएका छन् ।
यसरी दिनानुदिन निया उल्लङ्घन गर्ने चालक कारबाहीलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्