बीबीसीकी सम्पादकले किन दिइन् राजीनामा ? यस्तो छ कारण

एजेन्सी। असमान पारिश्रमिकको विषयलाई लिएर बीबीसीकी सम्पादकले राजीनामा दिएकी छन् । बीबीसीकी चीन सम्पादक कैरी ग्रेसीले संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर आफ्नो पदबाट राजीनामा दिएकी हुन्।
ग्रेसीले बीबीसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै राजीनामा दिएको बताइएको छ।
३० वर्षदेखि बीबीसीमा काम गरिरहेकी उनले खुलापत्र लेख्दै बीबीसीभित्र गोप्य र गैरकानुनी रुपमा पारिश्रमिक निर्धारण हुने गरेको आरोप लगाएकी छन् ।
उनले डेढ लाख पाउन्डभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारीमध्ये दुई तिहाई पुरुष कर्मचारी भएको बताएकी छन् ।
तर बीबीसीले भने संस्थाभित्र महिलामाथि कुनै भेदभाव नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्