प्रधान सेनापतिले सार्वजनिक गरे आफ्नो सम्पत्ति विवरण ,भने – सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ

काठमाडौं, भदौ २४ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति उनले मंगलबार सार्वजनिक गरेका हुन् ।


उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरे ।

थापाले काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाएका छन् ।

थापाले श्रीमती दिपा थापा र छोरी रुरु थापाको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गरेका छन् । थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र करिब १० लाख रुपैयाँमा खरिद गरेको हिराको हार र औंठी रहेको विवरण सार्वजनिक गरेका छन् ।

साथै उनले सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यसबारेमा पनि छानबिन हुने उनले बताए।

‘सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता छ भन्ने आरोप छ म यसलाई सुधार गर्छु’, उनले भने, ‘सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ।’ गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्न नहुने उनको भनाइ छ।

यस्तो छ उनले सार्वजनिक गरेको सम्पत्ति विवरण–

प्रतिक्रिया दिनुहोस्