समिट एयरको उडान सुरु

शरद रेग्मी दाङ । समिट एयरले आज देखि उडान भर्न सुरु गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका र समिट एयर विच भएको सहमति अनुसार आज आइतबार देखि समिट एयरले उडान भर्न सुरु गरेको हो ।
समिट एयरको विमान एक बजेर ९ मिनेट जाँदा टरीगाउँ एयरपोर्टमा अवतरण गरेको थियो । टरिगाउँ एयरपोर्टमा २०७२ साल चैत २ गतेपछि विमान सेवा अवरुद्ध भएको थियो । १ वर्ष १० महिनाको अन्तरालमा फेरि विमान सेवा सुरु भएपछि दाङवासी हर्षित भएका छन् । विमान आएको खुसीयाली मनाउन एयरपोर्टमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । उनीहरुले विमानको निरन्तरताको लागि जनप्रतिनिधिमहरुलाई भूमिका खेल्न आग्रह पनि गरेका थिए ।
१६ जना यात्रु लिएर आएको जहाँज सिटक्षेमता अनुसार १८ जना यात्रु लिएर एक वजेर ४३ मिनेट जाँदा काठमान्डौका लागि उडेको थियो । जहाँजबाट ओर्लिने क्रममा उपप्रधान मन्त्री कृष्ण बहादुर महरा, एमाले नेता तथा प्रदेश सभा सदस्य प्रकाश ज्वाला, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, पाईलट, कोपाइलटलाई सयौ सर्वसाधरण नागरिकहरुले बाजागाजा सहित फुलमाला लगाएर भव्य स्वागत गरेका थिए ।्
समिट एरले हप्तामा दुई दिन आइतबार र शुक्रबार दाङ काठमान्डौका लागि उडान भर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।
सो अवसरमा बोल्दै पाण्डेले अब दाङ उठेको बताउनु भयो । उहाँले सवैको प्रयासमा विमान संचालनमा आएको बताउदै अब समृद्धिको ढोका खुलेकाले दाङ जुरुक्कै उठ्ने बताउनुभयो ।नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान मन्त्री कृष्णबहादुर महराले प्रदेश नं. ५ को प्रदेश राजधानी दाङ बाहेक अन्त कँही नजाने बताएका छन् । दाङको टरिगाँउ एयरपोर्टमा आइतवार दिउँसो आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका महराले सरकारमा बसेकाहरुको मनमा पनि दाङ नै रहेको बताए । ‘प्रदेश राजधानीका सवालमा लडाई त छ,तर जहाँ राजधानी जाँदैन त्यहाँका नेता र जनता आन्दोलन मार्फत रोएका मात्रै हुन,’–महराले थपे ‘ तपाँईहरु ढुक्क हुनुहोस दाङ बाहेक प्रदेश राजधानी अन्त कतै जाँदैन।’ तर उनले त्यसका लागि आम दाङवासी एकतावद्ध भएर लाग्नुपर्ने बताए ।
दाङको भालुवाङदेखि हापुरे जहाँ राजधानी राखेपनि स्वीकार गर्ने बताएका उनले त्यसका लागि आफुहरु निर्वाचनमा गरेको वाचा अनुरुप प्रतिवद्ध रहेको बताए । ‘सबै तयारी भइसकेको छ , तर सरकारले केही आँट गरेर भन्न सकेन,’– नेता महराले भने ‘ सरकारले भन्न नसकेको भएपनि उहाँहरुको मनमा पनि प्रदेश राजधानी दाङ नै छ । विमान सेवा फेरि सुरु हुनुलाई दाङको सम्वृद्धिको यात्राको सुरुवातको रुपमा अथ्र्याएका महराले विमानको नियमिताको लागि एयरपोर्टको विस्तार र तेलको आपुर्ती गर्न आवश्यक रेहेको बताए । ्
कार्यक्रमलाई सम्वोधन गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्र्वा्चित हिराचन्द्र केसीले दाङको विकासका लागि प्रतिपक्षी नेपाली काँग्रेसलाई समेत संगै लगेर अगाडि बढ्ने बताए ।

प्रदेश नं. ६ को सल्यानवाट निर्वा्चित एमाले नेता प्रकाश ज्वालाले दाङ प्रदेश नं. ५ को र सुर्खेत प्रदेश नं. ६ को प्रदेश राजधानी हुने भएको हुँदा सल्यानी भाग्य मानी भएको बताए । तर सम्पूर्ण तयारी पुरा भएपनि प्रदेश राजधानी घोषणाको तयारी प्रधानमन्त्रीले लुकाएको हुँदा अविलम्व घोषणागर्न उहाले माग गरेका थिए ।््
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले दाङको सम्वृद्धिको पहिलो सूचक विमान सेवा सुरु हुनु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्