प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं, २३ भदौ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवातर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

सोमबार साँझ प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्न बालुवाटार पुगेको र प्रधानमन्त्री ओली र विदशेमन्त्री वाङ्गबीच अहिले एक्लाएक्लै भेटवार्ता छ । यसअघि नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरीय छलफल भएको थियो। दुई पक्षीय छलफलमा आपसी हित र साझेदारीका विषयमा छलफल भएको थियो।

विदेशमन्त्री वाङ यी प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न राष्ट्रपति भवन शितल निवास जाने कार्यक्रम रहेको छ। आइतबार नेपाल आएका विदेशमन्त्री वाङ यी भोलि मंगलबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्