लोकसेवाका अध्यक्ष यादवले लिए सपथ, नीति आयोगको उपाध्यक्षमा झा नियुक्त

काठमाडौं, भदौ २२ । प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार आयोजित एक समारोहमा उनलाई प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त यादवले सिरहा क्याम्पसमा लामो समय सम्म उपप्राध्यापकको रुपमा काम गरेका छन् भने नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका साधारण सदस्य समेत हुन् ।


मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो ।


त्यस्तै प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ। झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्