आयल निगम जग्गा प्रकरणः अख्तियारद्धारा निगमका अधिकारीमाथि वयान सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खरिद अनियमितता प्रकरणमा नेपाल आयल निगमका अधिकारीमाथि वयान सुरु गरेको छ ।

जग्गा खरिद अनियमितता प्रकरणमा संलग्न भएको आशंकामा अख्तियारले आइतबारदेखि निगमका अधिकारीमाथि वयान थालेको हो । अख्तियारले वयानका लागि आइतबार निगमका प्रबन्धक पुष्कर कार्कीसँग वयान लिएको छ । उनी आठौं तहका कर्मचारी हुन् ।

कार्कीसँगै अख्तियारले निगमका अन्य उच्च अधिकारीको पनि वयान लिनेछ । अख्तियारले निगम अधिकारी र सञ्चालक समितिका सदस्य गरी करिब ३५ जनालाई वयानको सूचीमा राखेको छ ।

यसअघि निगमले जग्गा खरिद प्रकरणमा संलग्न देखिएका ४० जनाभन्दा बढीसँग वयान लिइसकेको छ भने दुई सयभन्दा बढीसँग कागज गराएको छ ।

प्रतिक्रिया दिनुहोस्