सुरक्षाकर्मीको कारबाहीमा १२ लडाकू मारिए

काठमाडौं, भदौ २१ । अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् ।

देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू नै रहेको बताएकको छ ।

अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो ।यसै अभियानमा ती लडाकु मारिएको सैन्य प्रवक्ता रजाइेले बताए ।
सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू पनि घाइते भएका छन् ।

उनले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको दाबी पनि गरे । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्