भारतीय चन्द्रयान–२ को चन्द्रमामा अवतरण प्रयास असफल, मोदी निराश हुँदै फर्किए

काठमाडौं , भदौ २१ । भारतले जुलाइ २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको छ ।

आज बिहान १ देखि साढे २ बजेको अन्तरालमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्क विहिन भएको वैज्ञानिकहरुलाई उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चन्द्रयान २ अवतरणको नजिकै पुगेपछि प्राविधिक समस्या आएको बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि यान अवतरण गरेको छैन ।

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो)ले चन्द्रयान अवतरण हुनु केही समयअघि मात्र हराएको बताएको छ । सन् २००८ मा भारतले पहिलो पटक चन्द्रमामा रेकट प्रक्षेपण गरेको थियो ।

योसँगै भारत चन्द्रमामा रकेट पठाउने चौथो राष्ट्र भएको छ । चन्द्रमामा रकेटको सफ्ट ल्याण्डिङ गराउनु चुनौतीपूर्ण रहेको इस्रोका वैज्ञानिकहरुले बताएका छन् । चन्द्रमामा भन्दा मंगलग्रहमा यस्तो ल्याण्डिङ गराउन सजिलो हुने बताइएको छ ।

यसैबीच अवतरण हेर्न गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने निराश हुँदै फर्किएका छन् । उनी त्यहाँ अवलोकन गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्