प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, निजी चिकित्सकले भने -कामलाई निरन्तरता दिन सक्नुहुन्छ

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले प्रमको स्वास्थ्य सामान्य भएको बताएकी छिन्।

शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नियमित कामलाई निरन्तरता दिन सक्ने बताएकी हुन्।

नेसनल युनभर्सिटी अस्पताल (एनयुएच) सिंगापुरमा दुई साता उपचार गरेर उनी शुक्रबार स्वदेश फर्किएका छन्। शाहले प्रमको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई हटाउने वैज्ञानिक विधि प्लाज्मा फेरिसिस पूरा भएको उल्लेख गरेकी छिन्।

मिर्गाैलासम्बन्धी एन्टिबडी बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए। प्रधानमन्त्री ओली आज मात्रै सिंगापुरबाट स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्