वीरगञ्जमा एक किशोरीमाथि एसिड प्रहार, थप उपचारको लागि काठमाडौं ल्यायो, सांसद यादवद्वारा ५० हजार सहयोग

काठमाडौं, भदौ २० । पर्साको वीरगञ्ज महानगरपालिकामा १५ वर्षीया किशोरीमाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ।

पर्साका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार बिहान ६ बजेतिर त्रिभुवन हनुमान माविमा कक्षा ९ मा पढ्ने मुस्कान खातुनमाथि एसिड हानिएको हो।

महानगरपालिकाको वडा नम्बर ६ स्थायी घर भएकी खातुन अहिले वडा नम्बर ३ स्थित मामाघरमा बस्दै आएकी थिइन्।

सोही स्थानका सम्साद मिया तथा माजिद आलमले विद्यालय जाँदै गरेकी खातुनलाई गणेशमान चोकमा एसिड प्रहार गरेका हुन्। वडा नम्बर २ छपकैयामा बस्ने उनीहरूले प्रहार गरेको एसिडले खातुनको अनुहार, छाती र हात जलेको छ।

एसिड प्रहार गरी भागेका सम्साद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने माजिद फरार रहेका छन्।

एसपी राठौरका अनुसार सम्सादले प्रहरीसमक्ष साथी माजिदले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेको र बदला स्वरूप एसिड प्रहार गरेको बयान दिएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र फरार माजिदको तीब्र खोजी भइरहेको बताएको छ।

यसैबचि एसिड प्रहारबाट घाइते भएकि छात्रालाई थप उपचारका लागि काठमान्डौं पठाइएको छ । छात्राको अवस्थालाई मध्यनजर गर्दै प्रारम्भीक उपचार गरेका चिकित्सकले काठमाडौं लैजान सल्लाह दिएका थिए।

पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदिपयादवले घाइते छात्राको परिवारलाई नगद ५० हजार प्रदान गर्दै थपउपचारका लागि काठमाडौं लैजान सहयोग गरेका छन्। साँसदयादवका स्वकीय सचिव निखिल वर्णवालले पीडित छात्राका अभिभावकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।

एसिड आक्रमणबाट घाइते छात्रालाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले समेत सहयोग गरेका छन्।

एम्बुलेन्सको प्रबन्ध गरी कीर्तिपुरको ‘बर्ना अस्पताल पठाइएको नारायणी अस्पताल पुगेका नगरप्रमुख सरावगीले बताए। घट्नाको चौतर्फी निन्दाभएको छ। कुनै पनि बहानामा एसिड प्रहारका दोषीले सजाय पाउनुपर्ने माग स्थानीयको छ।

प्रतिक्रिया दिनुहोस्