भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पूर्व सभासद् कार्की पक्राउ

काठमाण्डौ , भदौ १९ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका तत्कालीन एमालेका पूर्व सभासद् डोलबहादुर कार्की (डिबी) पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले कार्कीलाई बिहीबार बिहान सतुंगलबाट पक्राउ गरेको हो ।

सभासद हुँदा ‘प्रहरी निरीक्षक बनाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिहरुबाट पैसा असुलेको अभियोगमा उनलाई २०६७ सालमा विशेष अदालतले दोषी ठहर गरेको थियो । विशेषको फैसला सर्वोच्चले सदर गरेको थियो ।

०६७ साल भदौमा प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिइरहेको अवस्थामा उनी पक्राउ परेका थिए । स्याङ्जाका कार्की तत्कालीन नेकपा एमालेका समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्