रूसी अदालतले तोक्यो आन्दोलनकारीलाई तीन वर्ष जेलको सजाय
काठमाडौं, भदौ १८ । रूसी अदालतले आन्दोलनकारीलाई तीन वर्षको जेल सजाय तोकेको छ । बुधबार किरिल झुकोभ नाम गरेका ती आन्दोलनकारीले प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर गर्दै तीन वर्षको जेल सजाय तोकेको हो ।
यही जुलाई २७ मा भएको प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, झुकोभले भने आफूमाथि तोकिएको सजाय भने स्वीकार नगर्ने बताएका छन् । अनलाइनमा राखिएको उक्त भिडियोमा उनले प्रहरी अधिकारीको हेल्मेट तानिरहेको देखिन्छ । राखिएको उक्त भिडियोमा उनले प्रहरी अधिकारीको हेल्मेट तानिरहेको देखिन्छ ।
राजनीतिक आन्दोलनका क्रममा रूसी प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । रोयटर्स
प्रतिक्रिया दिनुहोस्