बारा र पर्सामा हावाहुरी प्रभावितका ८ सय ६९ घर तयार भए, सेनाद्वारा हस्तान्तरण

काठमाडौं, भदौ १८ । लगातार आएको वर्षाले गर्दा हावाहुरीबाट प्रभावितका लागि ८ सय ६९ घर तयार भएका छन् ।

०७५ चैत १७ गते आएको हावाहुरीबाट घर पूर्ण क्षति भएका ८ सय ६९ वटा परिवारको घर निर्माण गरेको नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाले जानकारी दिए ।

सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखे पनि अविरल बर्षा, निर्माण सामाग्री समयमा उपलब्ध नभएको, सडक राम्रो नभएको र विवादित घरहरुको कारणले समयमा काम नसकिएको जनाएको छ ।

यसैबीच बारा र पर्सामा हावाहुरी (टोर्नाडो) प्रभावितका लागि नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

वीरगञ्जमा आयोजित कार्यक्रममा हस्तान्तरणका लागि नमुना घर प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्