टानको नेतृत्वमा कस्ले मार्ला बाजी ?

काठमाडौं, १७ भदौ । यही भदौं २० गते सम्पन्न हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)मा चुनावी सरगर्मी बढेको छ । मुख्य गरी टानको नयाँ नेतृत्वका लागि नेकपानिकट संगठन र काँग्रेसनिकट संगठनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेतृत्व कसले बाजी मार्ला भन्ने विषयमा पयर्टन व्यवसायीहरुबीच बहस हुन थालेको छ र आ–आफ्नो पक्षले आफूले जित्ने दावी समेत गरेको छ । दुबै पक्षका उम्मेदवाहरु मत माग्न व्यस्त रहेका छन् ।

नेकपानिकट संगठनको तर्फबाट अन्जन कुमार थापा (कुमार)को नेतृत्व र काँग्रेसनिकट संगठनको तर्फबाट खुम सुवेदी नेतृत्वको प्यानल चुनावी मैदानमा छन् ।

नेकपानिकट थापा प्यानलले बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देबकोटा, द्धितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सहकोषाध्यक्षमा प्रदिप पण्डितलाई उम्मेद्धार बनाउने घोषणा गरेको छ । त्यस्तै सदस्यहरु मा रघु पौडेल, मिङ्मा शेर्पा, निमा डिकी शेर्पा, प्रेमबहादुर लामा, सुनिल सिलवाल र कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।

त्यस्तै काँग्रेस सनिकट सुवेदी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिप घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ चुनावी मैदानमा छन् ।
त्यस्तै सदस्यहरुमा खोमराज अधिकारी, सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पालाई अघि सारिएको छ ।
दुबै पक्षका उम्मेद्वार तथा व्यवसायीहरुले भेला छलफल तथा पार्टीहरु गरेर आफ्नो पक्षमा मत पार्न प्रयासरत छन् ।

चुनावको मिति नजिकिंदै जाँदा बाम शक्तिहरुले टानको नेतृत्वमा बाजी मार्ने संभावना बढेर गएको छ । एमाले र एमाओवादी संगठनबीचको एकतासंगै अन्जन थापा( कुमार) नेतृत्वको समुहमा अधिकांश उम्मेद्वारहरु अनुभवी, खरीएका, सबैलाई समेटर
लैजान सक्ने क्षमता भएका योग्य, युवा र समावेशी भएकाले टानको नेतृत्वमा वामपन्थी शक्तिले बाजी मार्ने संभावना बढेर गएको हो ।
तर, चुनावी मैदानमा रणनीति र एजेण्डा नै प्रमुख कारकतत्व हुने हुँदा अन्तिम नतिजा नआएसम्म केहि भन्न सकिंदैन ।

प्रतिक्रिया दिनुहोस्