नेविसंघद्वारा माइतीघरमा विशाल प्रदर्शन
काठमाडौं, भदौ १५ । नेपाल विद्यार्थी संघले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।
विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
पछिल्लो समय भागबण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुने क्रम बढेकाले सो कार्य बन्द गरी प्रतिस्पर्धाको आधारमा चयन गर्न दवाव दिन प्रदर्शन गरिएको नेविसंघका नेता निरञ्जन थापाले बताए ।
प्रदर्शनमा सहभागीहरुले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने नारा लेरिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।
पछिल्लो समय भागबण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुने क्रम बढेको छ । यसरी राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुने क्रम बढेपछि विवाद उत्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्