किन गए भारतीय सेना प्रमुख जम्मु–कश्मीर भ्रमणमा ?
काठमाडौं, भदौ १३ । पहिलो पटक भारतीय सेना प्रमुख जनरल बिपीन रावत जम्मु–कश्मीरको भ्रमणमा निस्केका छन् । भारतको केन्द्रिय सरकारले जम्मु–कश्मीरको विशेषाधिकार कटौती गरेपछि पहिलो पटक भारतीय सेना प्रमुख श्रीनगरको भ्रमण गर्ने भएका हुन् ।
अधिकार कटौती गरेपछि त्यहाँको अवस्था र पाकिस्तानले पार्ने प्रभावका विषयमा जानकारी लिन उनी श्रीनगर जान लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारले अगष्ट ५ तारिखमा संविधानको धारा ३७० खारेज गरेर विशेषअधिकार केन्द्रमा राखेपछि उत्पन्न परिस्थितीलाई समान्य बनाउने प्रत्यासका श्रीनगर सो उपत्याकामा सेना प्रमुखको भ्रमण गराउन लागेको हो ।
सरकारले जम्मु–कश्मीरमा लगाएको कफ्र्यू हटाएर दैनिक जीवनलाइ समान्यतर्फ फर्काउने प्रयास गरिरहेको छ । गभर्नर सत्यपाल मल्लिकले बुधबारदेखि जम्मु–कश्मीरमा ‘युनियन टेरिटोरी’को काम सुरु गरेका थिए ।
जम्मु–कश्मीरका गभर्नर पालले बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्र सरकारले जम्मु–कश्मीरको संस्कृति र पहिचानलाई कुनै पनि नोक्सान नगर्ने बताएका थिए । सरकारले त्यहाँका ५० हजारलाई सरकारी जागिर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । यस राज्यमा यस्तो रोजगारीको अवसर प्राप्त भएको थिएन ।
गभर्नरले भनेका छन्– हामी उनीहरुलाई बाहिर आउन दबाब दिने छैनौ, हामी उनीहरुको सुरक्षा र संवद्र्धन गर्छौ । यो प्रधानमन्त्री नरेन्द्र मोदिको प्रतिवद्धता हो र हामी यहाँको अवस्थालाई समान्य बनाउन चाहन्छौ ।
कुनै पनि आतंकवादी तथा सैन्यहरुले बाधा पु¥याएर डर र आतंक सिर्जना गर्न नसकोस् भन्ने ध्येयका साथ केही प्रतिवन्ध लगाइएको गभर्नर पालको भनाइ छ । उनले जनतालाई धै¥य र सहयोगी बन्न आग्रह गरे ।
सरकारले विशेष अधिकार लिएको विषयमा उलने विगत सम्झँदै भने,‘यहाँ कुनै प्रहरी कारबाही एक जना व्यक्तिको पनि मृत्यु भएको छैन । सन् २००८ को विरोध प्रदर्शनमा ५० जनाको मृत्युभयो, सन् २०१० को प्रदर्शनमा १०० जनाको मृत्यु भयो र सन् २०१८ मा ८० जना भन्दा बढीको मृत्यु भयो ।’
प्रतिक्रिया दिनुहोस्