राजदूत आचार्य र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

काठमाडौं, भदौ १३ । भारतका लागि नेपाली राजदूत निमालम्बर आचार्य र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा नेपाल(भारतबीचको समृद्ध परम्परा र द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ।

राजदूत आचार्यले पछिल्लो समय उच्च भारतीय नेतृत्वसँगको भेटघाटलाई सघन बनाउँदै लगेका छन्।

प्रतिक्रिया दिनुहोस्