नेपाल-चीनको संयुक्त सैन्य तालिम काठमाडौंमा जारी , चिनियाँ जनमुक्ति सेनाका २२ जनाको टोली नेपालमा
काठमाडौं, भदौ १३ । नेपाल सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य तालिम काठमाडौंमा चलिरहेको छ।
गत बुधबारबाट सुरू भएको ‘सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम’ दुई सातासम्म चल्ने भएको छ।
तालिमका लागि चिनियाँ जनमुक्ति सेनाका महासेनानीसहित २२ जनाको टोली नेपाल आएको छ।
नेपाली सेनाको तर्फबाट पनि महासेनानीसहितको २२ जना टोली तालिममा सहभागी भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
नेपाली सेनाको १० नम्बर बाहिनी महारजगञ्जमा तालिम भइरहेको छ। केही दिन यो तालिम नगरकोटमा समेत हुनेछ।
प्रतिआतंकबाद र विपद व्यवस्थापनमा तालिम केन्द्रीत रहने प्रवक्ता पाण्डेले बताए।
भदौ २४ गतेसम्म चल्ने तालिममा चिनियाँ जनमुक्ति सेनाका ५ जना पर्यवेक्षक भदौ २० गतेदेखि सहभागी हुनेछन्।
नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो।
गत वर्ष चीनको छेन्दुमा भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनामा महासेनानीसहित १६ जना सहभागी भएका थिए।
नेपाली सेनाले भारतीय सेनासँग ’सूर्य्किरण’ नामक सैन्य अभ्यास गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्