सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमार पक्राउ

एजेन्सी । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमार पक्राउ परेका छन् ।

साउदी सरकारले राजपरिवारलाई उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तहरुलाई दिइने भनिएको मृत्युदण्डको सजायको निर्णय उल्ट्याउनु पर्ने मागसमेत गरेका छन् ।

यता साउदी सरकारले भने देशमा छाएको आर्थिक मन्दीका सुविधा कटौती गर्ने निर्णय गरेको जनाएको छ ।

पक्राउ परेकाहरुमाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरिएको भन्दै मुद्दा दायर गर्ने तयारी सरकारले गरेको छ ।

यसैबीच साउदी सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्नुका साथै केही खाद्यान्नसहितका सामग्रीमा ५ प्रतिशतले कर बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्