सहायक प्रधानाध्यापक डेढ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा

काठमाण्डौ , भदौ १२ । एक सहायक प्रधानाध्यापक डेढ लाख घुससहित पक्राउ परेका छन् । पशुपति मित्र माध्यमिक विद्यालय चावहिल काठमाण्डौका लेखापाल र सहायक प्रधानाध्यापक डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

विद्यालयमा चमेना गृहको ठेक्का दिने क्रममा लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक विक्रम बिसीले १ लाख ५० हजार रुपैयाँ घुस लिइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको ।

प्रतिक्रिया दिनुहोस्