मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ

काठमाडौं, भदौ १२। मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् ।

खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीको नामसारी र लालपूर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्