नागरिकता विधेयक चाडै पारित गर्न सांसदको आग्रह
काठमाडौँ , भदौ १२ । प्रतिनिधिसभाका सांसदले नागरिकता विधेयक चाडै पारित गर्न आग्रह गरेका छन् । बिहीबारको बैठकमा सांसदहरुले नागरिकता सम्बन्धिको विधेयक सदनबाटै टुंगिनुपर्ने बताएका हुन् ।
शून्य समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले नागरिकता सम्बन्धिको व्यवस्था संविधानमै उल्लेख भएपनि हालसम्म उक्त विधेयक पारित हुन नसकेकोमा आपत्ति जनाए ।
उनले राज्य व्यवस्था समितिले नागरिकता विधेयक अड्काएर राखेको बताए । उनले नागरिकता सम्बन्धिको विधेयक तत्काल अगाडि बढाउन माग राख्दै चाडै सदनबाट पारित हुनुपर्ने बताए ।
उनले नागरिकता सम्बन्धि विषयमा आदालतले समेत तीनपटक फरक आदेश दिएकोप्रति असन्तुष्ट जनाए । ‘हुन त अदालतको रमाइलो छ । एउटै एनसेल प्रकरणमा चार पटक निर्णय गर्यो ।’ उनले भने,’अदालत पनि अदालत हो न्याय दिने हैन फैसला मात्र गर्ने हो । ’
यस्तै, राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पनि नागरिकता सम्बन्धिको विधेयक तत्काल अगाडि बढाउन आग्रह गरे । उनले विशेष समयमा बोल्दै नागरिकताको विषय चाडै नै टुंग्याउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्