रिहापछि रवि लामिछानेले आयोजना गरेको धन्यवाद सभामा यसरी उर्लियो जनसागर (हेर्नुहोस् तस्बिरहरु)

काठमाडौं, भदौ १० । सञ्चारकर्मी रवि लामिछानेको धन्यवाद सभामा हजारौँको जनसागर उर्लिएको छ।

चितवनमा आयोजना गरेको रवि लामिछानेको सभामा हजारौं समर्थकहरु उर्लिएका छन् । रिहाइ भएको खुशियालीमा पनि उनका दर्शक यसरी होमीएका हुन् ।

चितवन जिल्ला अदालतले सोमबार धरौटीमा रिहा गरेपछि नारायणी नदी किनारमा लामिछानेले धन्यवाद सभाको आयोजना गर्दा उनका समर्थकहरु उर्लिएका हुन्।

उक्त धन्यवाद सभामा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध अझै बलियो भएर प्रस्तुत हुने लामिछानेले बताए।

साथै उक्त धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताउँदै आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने जानकारी दिए।

उनले भने, ‘मलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको हो। बाँकी त लाखौँ मुद्दामा जनताको आवाज विहीनहरुको आवाज बनेर प्रस्तुत हुने मलाई थुप्रै अवसरहरु छँदैछ।’ उनको धन्यवादको सभामा हजारौ समर्थक सहभागी भएका छन् ।

हिजो मात्रै चितवन अदालतले लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटी मागेको छ भने कँडेललाई तीन लाख धरौटी माग गरेको छ । कार्की भने साधारण तारेखमा छुटेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्